| |
Shikharapur CLC |
|
 |
|
|
| |
|
| |
MEV Information |
 |
 |
|
|
| |
|
| |
Shikharapur
Campus |
|
 |
|
|
| |
|
| |
Schools
|
 |
 |
|
|
| |
|
| |
ASC |
|
 |
|
|
| |
|
| |
|
|
 |
अनौपचारिक शिक्षा |
अनौपचारिक शिक्षा
केस स्टडी
प्राथमिक खुल्ला शिक्षामा २४ वर्षकी उर्मिला
काठमाण्डौं जिल्ला फर्पिङ दक्षिणकाली गा।वि।स। वडा नं। ९ डिकुवाहल बस्ने उर्मिला के.सी. हाल २४ वर्षकी भइन् । उर्मिला के.सी.को दुई जना दिदि १ जना दाई १ जना भाई र बहिनी छन् । उनको २ दिदि र दाजुको विवाह भैसकेको छ । बुबा आमाको पेशा कृर्षि क्षेत्रमा बितिरहेको छ । कृषिमा मात्र निर्भर भएको कारणले उनको परिवारको आर्थिक स्थिति कमजोर भएको र जीवन धान्न मुस्किल परेको थियो । यसैकारणले उनले पढ्न पाएकी थिइनन्। उनको भाई र बहिनीलाई पढाईएको थियो । बहिनीले पनि ७ कक्षा पढ्दा पढ्दै पढाई छोडिन् । उनले जीवनमा धेरै उतार चढाबहरु भोगेकी थिइन् । उनलाई १० वर्षको उमेरमा मारवाडीको घरमा काम गर्नराखिएको थियो। उनले काम गरेको ७ वर्षको अबधिमा उनी अचानक विरामी परिन् । यसरी विरामी परेपछि मारवाडीले राम्रोसँग हेरचाह गरेनन् र बुबा गएर घर ल्याएर उपचार गराउनु भयो । जहाँ गए पनि काम प्यारो रहेछ त्यसैले उनले काम गर्न नसक्दा उनी त्यहाँ बाट निस्कन बाध्य भइन् ।
घरमा आएपछि उनले घरयासी काम गर्न थालिन् । यतिकैमा उनको विवाहको कुरा चलिरहेको बेलामा उनको नभई उनको बहिनीको विवाह भयो किनकी उनले एक अक्षर पनि चिनेकी थिइनन् तर बहिनीले थोरै पढन् जानेकोले उनलाई नै मन पराए र उनको विवाह नभई बहिनीको हुनपुग्यो । उनले पढाई बिना कहिपनि राम्रो काम नपाएकोले र अब पढ्न खोज्दा पनि आपुनो उमेर गई सक्यो कसरी सुरुवात गर्ने भनेर उनले साथीहरुसंग सल्लाह गरीन् । पढाइलाई उमेरले छेक्दैन इच्छा भए जहिले पढ्दा पनि हुन्छ भनेर उनका साथीहरुले उनलाई सम्झाउनु भयो । उनकै एक साथीले हामी जस्तो पढ्ने रहर भएको तर पढ्न नपाएको व्यक्तिहरुको लागि भनेर सामुदायिक अध्ययन केन्द्र (CLC) ले फर्पिङ शेषनारायणमा कक्षा संचालन गरेको र आफुले पनि अध्ययन गरिरहेको कुरा बताएपछि उनले पढ्ने रहर आफूमा भएको कुरा घरमा परिवार समक्ष राखिन् र घरबाट पनि उनले सहमति पाइन् जसले गर्दा उनले काम पछिको बाकी समय निकालेर १० देखी २ बजे सम्मको पढाई पढ्न थालिन् । आफुले ढिलै भएपनि पढ्न पएकोमा खुसि हुदै पढाईलाई निरन्तरता दिइरहेकी छिन् ।
सुरुमा पढ्न आउँदा उनलाई केही पनि आउदैनथ्यो तर अहिले उनले धेरै जानिसकेको र अझै जान्दै छिन् । यस (clc) कार्यक्रमले संचालन गरेको अनौपचारिक प्राथमिक शिक्षाले गर्दा उनको जीवनमा परिवर्तन आएको छ । उनले पढेर धेरै काम गर्ने इच्छा राखेकी छिन् । उनले जस्तोसुकै बाधा र व्यावधान आएपनि पढाइ नछाड्ने अठोट गरेकी छिन्। साथ साथै उनले यस कार्यक्रमको अझ प्रगतिको पनि कामना गरेकी छिन् र आफु जस्तै गाँउघरमा विविध कारणले गर्दा पढ्न नपाएका बालबालिका युवापुस्ता तथा पाका व्यक्तिहरुलाई व्यवहारिक जीवनमा शिक्षाको महत्व दर्शाइ उनीहरुलाई अनौपचारिक शिक्षा अन्र्तगत यस (clc) द्धारा संचालित अनौपचारिक प्राथमिक कक्षामा आउन सल्लाह सुझाव दिने समेत अठोट गरेकी छिन् ।
-पार्वती सिलवाल
शिखरापुर सामुदायिक अध्ययन केन्द्र |
|
|
|
| |
|
|
 |
|
Shree Pancha Kanya Secondary School is located in Bhandarkharka ward no. 4 at the southern part of Chhaimale VDC. All students are from indigenous Tamang community. This school is the central destination to get education especially for the poor and a |
|
 |
|
| |
| |
| |
|
|