नेपाल सरकार, शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्र सानो ठिमीको सहयोगमा शिखरापुर समुदायिक अध्ययन केन्द्रको आयोजनामा समुदायको लागि बिद्यालय अभियान प्राङ्गन फर्पिङमा रास्त्र्यि साक्षारता अभियान २०६६ प्रारम्भ गरियो ।
सम्माननिय प्रधान मन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलित गरी साक्षरता कार्यक्रम सुरु भयको थियो । यो कार्यक्रम अधीराज्यमा तीनमहिना सम्म सन्चालन गरी साक्षरता प्रतिशत अभिब्रिदी गर्ने लक्ष्य राखियको छ । यस् कार्यक्रममा अध्ययन केन्द्रले स्थानिय बासिको सहयोगमा चाल्नाखेल, सेतीदेवी, शेस्नारायन, टल्कु, छैमले, र दक्षिणकाली छ वटै गाबिस लाई निरक्षर मुक्त क्षेत्र बनाउने लक्ष्य राखियको छ । समुदायको लागि बिद्यालयको नमुना शैक्षिक ग्राम बनाउने तयारीमा सम्पूर्ण ग्रामबासी जुटेका छन । कार्यक्रममा सम्माननीय प्रधान मन्त्री नेपालले आफुलाई फर्पिङ् क्षेत्रले मनै खिचेर ल्याएको बताउदै अध्ययन केन्द्रको कार्यक्रमको सफलताको कामना गरी देशमा अन्य गाउँमा पनि यसबाट सिक्नुपर्ने धारणा राखनु भयो । कार्यक्रममा रास्त्रिय साक्षरता एक अभियान २०६६ बिशेष पुस्तक पनि लोकार्पन गरीएको थियो । कार्यक्रम शिखरापुर सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष श्यामबहादुर के सि को सभापतित्वमा सम्पन भयको थियो ।
|